शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

राजस्वको लोभमा सिध्याइँदै चुरे

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०८०



  • काठमाडौं । चुरे संरक्षणमा अनुदार तीनै तहका सरकारहरू चुरे मास्न उद्यत् देखिएका छन्।

    संघीय सरकारदेखि तल्लो तहको स्थानीय सरकारसमेतले चुरेको विनाश चाहिरहेका छन्। आयस्रोतको बलियो आधारका रूपमा चुरेलाई देखिरहेका तिनै तहका सरकारले यसलाई जसरी पनि ‘उधिन्ने’ र सखापै पार्ने गलत योजना बुन्दै आएका छन्। स्थानीय सरकारले त झन् चुरेमाथि मनमौजी गरिरहेका छन्।

    २०७१ असारदेखि बाहिर निर्यात बन्द भएको चुरे क्षेत्रको ढुंगागिटी यसपालि संघीय सरकारले खुला गर्ने योजना बनाएको छ। सरकारले ‘चुरे’ नै भनेर उल्लेख त गरेको छैन तर नेपालको ढुंगा, गिटी निर्यात गर्ने उल्लेख गरेको सरकारको लक्ष्य भनेकै ‘चुरे बिक्री’ भएको चुरे विज्ञहरूको बुझाइ छ।

    आफ्नो नीति तथा कार्यक्रमसँगै पछिल्लोपटक बजेट भाषणमा उल्लेख भएको यो बुँदा प्रमाणित भइसकेको भने छैन। तर पनि भारतलाई चुरे बिक्री गर्न खोजेको भनी बुझेका चुरे विज्ञहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुने लख नै काटेका थिए।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij