शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आज मिति २०८०/१०/२६ गते शुक्रबारको राशिफल

  • प्रकाशित मिति : शुक्रबार, माघ २६, २०८०



  • आज मिति २०८०/१०/२६ गते शुक्रबार,तदनुसार ०९ फेब्रुवरी २०२४ माघकृष्ण पक्ष चतुर्दशी तिथि विहान ०७ । ४३ वजे सम्म । आजको नक्षत्र श्रवण राति २४ । २२ वजे सम्म ।
    ​​​​​कपिलदेव सुवेदी​​​​​​​उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय​​​​सिद्धान्त एवं फलितज्यौतिषाचार्य,वास्तुविद्​​​​​ज्यौतिष परामर्श केन्द्र ​​​​​​क्याम्पस चोक,प्रतिक्षालयदेखि दक्षिण तर्फ​​​​​बिजौरी,दाङ​​​​​​​
    भेटने समय ः– विहान ०६—०९ः३०​​​​​​९८४७८२२७११,९८४७८३३६२३
    ​ ​​​​
    मेष (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)​​​ मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुन सक्ने छ । पेसा तथा व्यवसाय सफल रहने छ ।

    बृष​​​​​​(ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)​​ परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । आज यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ भगवान बिष्णुको स्मरण गर्नुहोला ।

    मिथुन ​(का,की,कु,घ,ङ,छ,के,को,हा)​​ पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

    कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो)पारिवारीक सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

    सिंह​​(मा,मी,मु,मे,मो,टा,टी,टु,टे)​व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्ग बाट सहयोग प्राप्त हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।​

    ​कन्या​​​​​​​(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)​​​ धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

    ​तुला​​​​​​​(रा,री,रु,रे,रो,ता,ती,तु,ते)​परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । चोटपटकको संभावना रहेकोछ । आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन ।

    ​बृश्चिक​​​​​​​(तो,ना,नी,नू,ने,नो,या,यी,यू)​​ प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।

    धनु​​​​​​​(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । नाक र घाँटिमा समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।​

    ​मकर​​​​​​​(भो,जा,जी,खी,खु,खे,खो,गा,गी)​​ स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ । व्यवसाय सफल रहला ।

    ​कुम्भ​​​​​​​(गू,गे,गो,सा,सी,सु,से,सो,दा) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन ।

    ​मीन​​​​​​​(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)​​ आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij