शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दाङको तुलसीपुरमा एक लाख रुपैयाँ सहित ११ जना जुवाको खालबाट पक्राउ

  • प्रकाशित मिति : आइतवार, अशोज २७, २०८१



  • बर्षात ओली, दाङ/ दाङको तुलसीपुरमा एक लाख रुपैयाँ सहित ११ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

    प्रहरीले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको प्रहरी टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँ सहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका – ३ निवासी ३५ वर्षका गणेश योगी, सोही ठाउँ निवासी मेघराज रजौरे, ४० वर्षका लम्बुधर चौधरी, ५५ वर्षका भागीराम चौधरी, ३० वर्षका श्यामेश्वर वली, ३९ वर्षका निराजन धिताल, ५० वर्षका महावीर चौधरी, ४२ वर्षका शिवहरी धिताल, ३५ वर्षका ओम प्रकाश पुरी, ३२ वर्षका गोकुल धिताल र ४१ आनन्द रजौरे रहेका छन् ।

    प्रहरीले ४ गड्डी तास, तास खेल्नको लागी बिछाएको म्याट्स समेत बरामद गरेको छ । भागीराम चाौधरीको घरबाट करिब साढे १० बजे पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । पक्राउ परेकाका आफन्तले चाडपर्वको समयमा साथीभाइ जम्मा भएर रमाइलो गर्दै गरेका युवाहरुलाई पक्राउ गरेर प्रहरीले अन्याय गरेको आरोप लगाएका छन् । तास खेल्दै गर्दा तासको छेउमा राखेको पैसालाई मात्रै आधार मान्नु पर्ने बताउँदै उनिहरुले गोजीबाट झीकेको पैसालाई जुवामा बरामद गरेको भन्न निमल्ने तर्क गरेको जानकारहरु बताउँछन / यता जि. प्र. का. दाङका प्रहरी प्रमुख Sp अर्जुन प्रशाद तिमल्सिनाले जुवाखालको नगद जहाँंबाट बरामत भएपनी जुवाडेको खल्तीबाट भएको हो, कानुनी प्रकृयामा जान्छ, आबस्यक कानुनी कार्बाही अघी बढने कुरा जानकारी दिनुभयो/

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij