प्रकाशित मिति : आइतवार, अशोज २७, २०८१
बिनिता शर्मा,काठमाडौँ । प्रहरी महानिरीक्षक {IGP} बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान गर्नुभएको छ।
IGP कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको हो।


नेपाल प्रहरी प्रधान कार्यालयस्थित IGP को निवासमा उपस्थित महानुभावहरूलाई IGP कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।


टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij