शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दशगजा स्थित भारतीय वनरक्षकबाट गोली प्रहार ; चार नेपाली घाइते

  • प्रकाशित मिति : सोमवार, अशोज २८, २०८१



  • बर्दिया। भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् ।

    दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम लोधलाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ । यस्तै घाइते भएका राजेन्द्र पासी, रामा लोध र स्थानीय भाषामा गोलुवा नामका एक व्यक्तिलाई शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

    नेपाल भारतको ८२ दशमलव ५ किलोमिटर खुला सीमाको ६२ र ६३ नम्बरको पिल्लर नजिकमा भारतीय पक्षका वन रक्षकले अन्धाधुन्ध गोली चलाएको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बताएको छ । यसअघि भारतीय वन रक्षकले असार १ गते एक जनालाई नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा भेटिएका थिए ।
    dhanagadhi khabar bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij