शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रधानमन्त्रीलाई ठाउँको ठाउँ मार्न उक्साएका कार्कीलाई स्वदेश ल्याउने तयारी

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २०, २०८१



  • भिडियो भ्लगको नाममा जथाभावी बोल्ने रतन कार्की पछिल्लो एक हप्तादेखि चर्चामा छन् । सामाजिक सञ्जालबाट मुलुकका प्रधानमन्त्रीको हत्या गर्न उक्साएपछि उत्पन्न विवाद र आलोचनाका कारण कार्कीको बारेमा चर्चा भएको छ ।

    चितवन घर भएका कार्की जापानको टोकियोमा बस्छन् । दुई वर्षअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका उनले गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउँदै फेसबुक लाइभ गरेका थिए । साफ वुमन्स च्याम्पियशिपको फाइनल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीको नाम नलिई उनले ‘आजै घेरा हालेर सिध्याईदिउँ’ भनेका थिए ।

    ‘आज गरौं यत्ति चाहिँ गरिहालौं । आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ, उता जान पनि टाइम छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु’, ओलीलाई लक्षित गर्दै कार्कीले भनेका थिए ।

    अराजक भएर हत्याकै योजना सुनाएपछि जापानस्थित नेपाली दूतावासको समन्वयमा प्रहरीले कार्कीलाई नेपाल ल्याउन पहल थालेको बुझिएको छ । कार्कीविरुद्ध विद्युतीय कसूरमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

    व्यक्ति हत्याकै तहमा पुगेर अराजकता फैल्याउने कार्कीलाई कानुनी कारवाही गर्न सरकारी संयन्त्र सक्रिय भैरहँदा उनका समर्थकहरुले झन् ‘ओलीलाई मार्नैपर्छ’ भन्दै अराजक सन्देश फैलाइरहेका छन् । कतिपयले ठूलै कसुर नगरे पनि उनलाई कानुनी दायरमा ल्याएर पाठ सिकाउनुपर्ने टिप्पणी गरेका छन् ।

    सस्तो लोकप्रियता र भ्युजको लागि कार्कीले असभ्य हर्कत देखाउने गरेको जापानमै बस्दै आएका टोपेन्द्र महरा बताउँछन् । भन्छन्, ‘उसले ठूलै अपराध त गरेको हैन, तर एकचोटी चाहीँ पाठ सिकाउनै पर्नेछ । कहाँ के बोल्ने, कोसँग कसरी बोल्ने केही थाहा छैन । अर्काको देशमा आएपछि कम्तिमा आफ्नो देशको इज्जत ख्याल गर्नुपर्छ । हाम्रा नेताहरु खराब छन् होलान् तर त्यो कुरा हामीले जापानी समुदायमा शेयर गर्दा नराम्रो सन्देश जान्छ ।’

    भ्लगर कार्कीले यी कुरामा हेक्का नराखेर अराजक अभिव्यक्ति दिएकाले कारवाही गर्नुपर्ने उनको तर्क छ ।

    युट्युबमा करिब साढे ६ लाख सब्सक्राइबर रहेका कार्कीले यसअघि पनि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जथाभावी बोलेका थिए । आफ्नै महिला साथीहरुसँग समेत असभ्य हर्कत गरेर भिडियो बनाउने र सामाजिक सञ्जालमा सेयर गर्ने गरेको उनीमाथि आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij