शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

संसद बाहिर शक्ति खोज्नु नेपाललाई टुक्रयाउने काम मात्र हो : वामदेव गौतम

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३, २०८१



  • काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्रयाउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गर्नुभएको छ ।

    शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिनुभयो । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत ससदमै रहेको उहाँको भनाइ छ ।

    सांसद गौतमले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरित प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरुसँग मिल्ने प्रवृत्तिको विकास भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij