प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८
चैत २७, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको जिल्ला परिषद ( अधिबेशन ) सम्पन्न भएको छ । शुक्रबार सल्यान सदरमुकाम खलंगामा भएको अधिबेशन बाट राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानको अध्यक्षमा नेत्रलाल श्रेष्ठ निर्बिरोध निर्बाचित हुनु भएको छ ।
निर्वाचित भएपछिअध्यक्ष नेत्रलाल श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिधान बमोजिम उपाध्यक्षमा प्रदिप थापा, चन्द्र कला बिक र भरत बुढाथोकीलाई मनोनीत गर्नु भएको छ । त्यसैगरी प्रबक्तामा बिमर्श प्रधान, सह- प्रबक्तामा अन्जीत श्रेष्ठ , कोषाध्यक्षमा अम्बर गीरी, सह कोषाध्यक्षमा आनन्द सिंह बुढा, सह – सचिबमा हिरालाल बिष्ट लाई मनोनित गर्नु भएको छ ।
यसैगरी पार्टीको प्रशिक्षण बिभागमा नरेन्द्र महर्जन र दैबीप्रकोप उद्दार बिभागमा इन्द्रा भण्डारीलाई प्रमुख नियुक्त गर्नु भएको बताइएको छ । अधिबेशन बाट राप्रपा सल्यानको ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छन । निर्वाचित सदस्यहरूलाई केन्द्रीय पर्यबेक्षक धन बहादुर बुढाले सपथ ग्रहण गराउनु भएको थियो ।
त्यसैगरी बिहीवार सल्यान सदरमुकाम खलंगाको जिसस हलमा भएको क्षेत्रीय अधिबेशन बाट राप्रपा प्रदेश सभा क्षेत्र नं ‘क’ को अध्यक्षमा शिवलाल वली र प्रदेश सभा क्षेत्र नं ‘ख’ को अध्यक्षमा श्याम कृष्ण बोहरा निर्बिरोध निर्वाचित भएका छ्न । वली र बोहराको अध्यक्षतामा दुबै क्षेत्रीय कमिटीमा ३१/ ३१ जना सदस्य निर्वाचित भएका छन ।
दुवै निर्वाचन क्षेत्रका करिव २ सय अधिबेशन प्रतिनिधिहरूको उपस्थितिमा अधिबेशन सम्पन्न भएको थियो । अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि- राप्रपा पूर्व सहमहामन्त्री तथा वर्तमान केन्द्रिय कार्यसम्पादन समिति सदस्य राजेन्द्र वीर रायले राप्रपालाई बलियो र बैकल्पिक शक्तिको रूपमा स्थापित गर्न योगदान गर्न अनुरोध गर्नु भएको थियो ।
देशको पहिचान, धर्म संकृती, स्वाधिनता र समृद्धि बचाउन सबै राष्ट्रवादीहरू एक हुनुपर्ने उहाँले बताउनु भएको थियो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले धर्म र न्यायको रक्षाको लागि अब राप्रपा कार्यकर्ताहरू जाग्नुपर्ने बताउनु भयो । राप्रपाको सदस्यहरू सुवेच्छुक जस्तो मात्र बनेर पार्टी नबन्ने भन्दै उहाँले देशमा ब्याप्त कूशासन र भ्रष्टाचारको विरुद्ध आवाज उठाउन निर्देशन दिनु भयो ।
बिहिबार बाट सुरुभएको अधिबेशनको प्रमुख अतिथि तथा राप्रपा पूर्व सहमहामन्त्री, हाल केन्द्रिय कार्यसंपादन समिति सदस्य राजेन्द्र वीर रायले राष्ट्र निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै अधिबेशनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा राप्रपा बाट विभिन्न पदमा निर्वाचित जन प्रतिनिधिहरू, बिद्यालय ब्यबस्थापन समिती तथा उद्योग बाणिज्य संघमा निर्वाचित प्रतिनिधिहरूलाई संम्मान गरिएको थियो ।
अधिबेशनमा नेताहरू सुर्य बहादुर खत्री, विरेन्द्र कुमार रावत, प्रदिप थापा, नारायण श्रेष्ठ, नारायण शर्मा, अन्जिव श्रेष्ठ, अम्मर गिरी, विमर्श प्रधान, इन्द्रा भण्डारी, बालाराम शर्मा, शिला बुढाथोकी, धनबहादुर बुढा, अनिबमसिंह श्रेष्ठ, नेत्रलाल श्रेष्ठ, राजेन्द्र वीर राय नेताहरूको आतिथ्यता रहेको थियो ।
बैशाख २५ देखी २७ गतेसम्म काठ्माण्डौमा हुने केन्द्रिय महाधिवेशनको लागी राप्रपा सल्यानले वडा देखि क्षेत्रीय कमिटीहरूको अधिबेशन सम्पन्न गरिसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij