शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रोल्पाको गंगादेवमा रोचक प्रतिस्पर्धा ने का पुन९४३ निकटतम प्रतिद्वन्द्वी एमाले ८२५

  • प्रकाशित मिति : शनिबार, बैशाख ३१, २०७९



  • रोल्पा । गंगादेवमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले तीन मुख्य प्रतिस्पर्धी रहे पनि यस पटक नया पात्र पनि थपिए, चुडामणि वली । उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् । अन्य पार्टीको उमेदवारी टुंगो नलाग्दै उनले उमेदवारी घोषणा गरेर गंगादेव गाउँपालिकाको मात्र हैन समग्र रोल्पाकै ध्यान आफूतिर तानेका थिए ।

    माओवादी केन्द्रले रोल्पामा ०७४ सालमा निर्वाचित स्थानीय तहका प्रमुखलाई नदोहोर्‍याउने निर्णय गरेको थियो, तर गंगादेवका वीरवहादुर खत्री अपवाद भए । उनी गाउँपालिका अध्यक्षमा दोहोरिने गरी उम्मेदवारमा सिफारिस भए । यसको कारण थियो सो गाउँपालिकामा प्रतिपस्र्धा गर्न सक्ने माओवादी केन्द्रका अन्य उमेदवार थिएनन् । नेपाली कांग्रेस र एमालेसंग प्रतिस्पर्धा गर्न सक्ने भन्दै उनलाई दोहोर्‍याउने गरी माओवादी केन्द्रले निर्णय गरेको थियो । चुनावी प्रतिस्पर्धामाझ उनी रक्षात्मक देखिएका छन ।

    हालसम्मको नतिजामा खत्री तेस्रो स्थानमा रहेका छन । पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिवहादुर पुन मगरले ९४३ मत प्राप्त गरेका छन । नेकपा एमालेका रोशनकुमार वलीले ८२५ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रका खत्रीले ५३६ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका विप्लव नेतृत्वका वलीले १६० प्राप्त गरेका छन् । हालसम्म अन्तिम मत परिणाम घोषणा भएका वडा नं. १ र ७ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

    २०७४ सालको परिणाम

    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि तीन ठूला दलबाट हरि, रोशन र वीरवहादुर नै उम्मेदवार थिए । सो निर्वाचनमा वीरबहादुर खत्रीले दुई हजार ४१४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार वलीले दुई २९० प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हरिवहादुर पुनले दुई हजार २६१ मत प्राप्त गरेका थिए ।

    हाल सो गाउँपालिकाको वडा नं. १ र ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जीत हासिल गरिसकेका छन् । वडा नं. १ मा निर्वाचित अमृतबहादुर वलीले ३८५ मत पाएका छन् भने वडा नं. ७ मा निर्वाचित प्रेमप्रकाश केसीले ४१८ मत पाएका छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. १ मा नेपाली काँग्रेसका अजमत डाँगीले ३२२ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चुडामणि वलीले २२७ मत प्राप्त गरेका थिए । तेस्रो स्थान हासिल गर्ने नेकपा माओवादी केन्द्रका उमेदवार खुसलसिंह विकले १९८ मत आएको थियो ।

    वडा नं. ७ मा नेकपा एमालेका तुलबहादुर घर्तीमगर ३४० मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रत्नबहादुर पुन मगरले ३३२ मत प्राप्त गर्दा तेस्रो स्थान हासिल गरेका नेकपा माओवादी केन्द्रका उमेदवार टंकबहादुर वलीले २७४ मत पाएका थिए ।

    ७ वटा वडा रहेको सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडा नं. २, वडा नं.३, वडा नं.४ र वडा नं. ५ मा निर्वाचित भएका थिए । वडा नं. ६ र ७ मा नेकपा एमाले र वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij