शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जुम्लामा जितेपछि शाहीले भने– भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छु

  • प्रकाशित मिति : बिहिबार, मंसिर ८, २०७९



  • जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

     ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।’

    निर्वाचित भएपछि जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाका साथ दिएको मतलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । शाहीले आफूले जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुःख पीडा सुन्ने पनि बताए ।

    उनले जुम्लाका आवाजलाई बारम्बार दवाउने प्रयास भएको दाबी गर्दै त्यस्ता व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने बताए । 

    उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, ‘साझा एजेन्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij