शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अपडेट : बाँकी १३ वटा प्याकेजमा भेटिएन सुन

  • प्रकाशित मिति : बिहिबार, साउन ४, २०८०



  • काठमाडौँ । तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँच गरेको छ । यद्यपि, ती प्याकेजहरूमा सुन भने फेला नपरेको विभागले जनाएको छ ।

    करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले नै मगाएको अर्को खेप सामान रहेको सूचनामा विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो । यद्यपि, विमानबाट अन्य कम्पनीको नाममा आएका सामानहरू भेटिएको हो ।

    भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । कार्यालयमा १३ वटा प्याकेज बाँकी रहेका थिए । ‘अपरेसन गर्दा केही पनि फेला परेन,’ पौडेलले भने । गोदाममा अन्य सामानको पनि चेकजाँच गर्ने तयारी गरिएको छ ।

    यसअघि, विभागकै टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो समातेको थियो । सुन असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको थियो । क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।

    रेडी ट्रेड प्रालिको कार्यालय बुढानीलकण्ठमा रहेको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट (१५२) नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए । राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले रातोपाटीलाई बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij