शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गौरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

  • प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१



  • रौतहट । रौतहटको सदरमुकाम गौरमा धारिलो हतियार प्रयोग गरी एक जना वृद्धको हत्या गरिएको छ। गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

    गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मिटर पर धानको खेतमा आज बिहान साढे ८ बजे भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

    घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

    गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।

    मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij