शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेका छन्’

  • प्रकाशित मिति : बिहिबार, साउन ३१, २०८१



  • काठमाडाैं। राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

    बिहीबार राष्ट्रियसभाको बिषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्।

    उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने चेतावनी दिए। जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए।

    सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको उनकाे भनाइ थियाे। दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए।

    त्यस्तै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले मुलुकको बिभिन्न आन्दोलनमा कांग्रसले खेलेको भूमिकालाई अवमूल्यन नगर्न आग्रह गरे। कांग्रेसका कारण मुलुक अहिलेको अवस्थामा आएको र सवैले बोल्न सक्ने अवस्था सिर्जना भएको उनले बताए।

    उनले प्रजातन्त्रबादी दललाई कसैले अर्तिउपदेश दिन जरुरी नरहेको दाबी गरे। त्यस्तै दत्तले कांग्रेस र माओवादीले संयुक्त मत मागेर परिणाम आएपनि जनतालाई बेइमानी कसले गर्यो भन्ने स्पष्ट रहेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij