प्रकाशित मिति : आइतवार, अशोज २७, २०८१
दसैँ मान्न ससुराली आएका ज्वाइँकाे मादी नदीमा डुबेर मृत्यु भएको छ ।
गैँडाकोट २ घर भई व्यास नगरपालिका–६ स्याम्घा ससुराली आएका ४० वर्षीय नारायण पाेखरेलको आज बिहान मादी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनको शव नुहाएको ठाउँभन्दा एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार नुहाउने क्रममा उनी भूमरीमा परेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij