प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०८१
बिनिता शर्मा, काठमाडौँ / माननीय गृहमन्त्री रमेश लेखकद्धारा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।


माननीय गृहमन्त्री रमेश लेखकले कार्तिक १४ गते मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका–४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्ग मुस्ताङ्गको कार्यालय परिषरभित्र निर्माण भएको व्यारेक र नेपाल चीन सीमानाकास्थित अध्यागमन कार्यालय भवनको समुउद्घाटन गर्नुभएको हो ।
सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कँुवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मुस्ताङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु भुषाल लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका महानुभाव तथा स्थानीय जनप्रतिनिधिको समेत उपस्तिथी रहेको थियो ।
उक्त बिओपी २०७७ जेष्ठ १५ गते स्थापना भई विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायत कार्यहरु गर्दै आएको छ ।
बिओपी सदरमुकाम जोमसोमबाट करीव ९७ किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमानाको कोरला नाका नजिक रहेको छ ।
उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला गरी १० ठाउँमा र भारततर्फ २ सय ४४ गरी जम्मा २ सय ५४ वटा बिओपी रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij