शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०८१



  • बिनिता शर्मा,काठमाडौ ।   प्रहरीले   अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जनालाई पक्राउ गरेको छ ।

    झापा  जिल्लाको बिर्तामोड नगरपालिका-५ गजुरमुखी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय प्रकाश राजबंशी समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी झापा जिल्लाको दमक नगरपालिका-६ नयाँ सब्जी लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन २ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ मामा चोक बस्ने २३ वर्षीय सुसन बन्जरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ।

    यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७ ग्राम ८ सय ५० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बस्ने ३५ वर्षीय अर्जुन श्रेष्ठ समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    कञ्चनपुर  जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बैतडी सिगास गाउँपालिका-३ बस्ने २६ वर्षीय जनक सिह ढाँट लाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    कैलाली  जिल्लाको धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षीय बसन्त परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१० पुतलीलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीया मनिका बिक समेत २ जनालाई बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मनिकाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

    दाङ  जिल्लाको घोराही उपमहानगरपालिका-१४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २२ वर्षीय राहुल बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    अछाम जिल्लाको  मंगलसेन नगरपालिका-५ मंगलसेन बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ क्याप्सुल, प्रि गाभा ८ क्याप्सुल र ईभा लेखिएको ५ क्याप्सुल सहित मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने २२ वर्षीय अर्मान परियार भन्ने अर्जुन सुनारको कोठाबाट प्रिगाब्लिन ७४ क्याप्सुल फेला पारी उनी सँगै रहेका सोही ठाउँ बस्ने २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij