शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८३



  • स्पेन । स्पेनमा दुई तिब्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेका हुन् ।

     उनले दुर्घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गरिने प्रतिवद्धतासमेत जनाएका छन्। दुर्घटना बुधवार बिहान राजधानी म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको टोलेडो प्रान्तमा भएको हो । म्याड्रिड–सेभिया रेलमार्गमा रोकिराखिएको इरियो कम्पनीको रेललाई रेन्फेको उच्च गतिको रेलले पछाडिबाट ठक्कर दिएको थियो । कास्टिला–ला मान्चा स्वायत्त क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् ।

     दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij