बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ट्यांकरमा आजबाट शुद्धताको स्टिकर अनिवार्य, कस्तो स्टिकर टाँसेको पानी पिउन योग्य ?

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ५, २०७४



  • काठमाडौं । तपाई ट्याङकरको पानी प्रयोग गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने स्टिकर हेरेरमात्र ट्याङकरको पानी प्रयोग गर्नुहोस् । र, पानी बोक्ने ट्याङकरले पनि आजबाट अनिवार्य सुद्धताको स्टिकर टाँसेर मात्र पानी ओसार्न पर्नेछ नत्र, तुरुन्तै कारवाही भोग्नुपर्ने ब्यवस्था लागू भएको छ ।


    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमा पानीको परीक्षण गरेर त्यसको सुद्धताको आधारमा निलो ,पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गरिदिन्छ ।

    स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्त कारवाही गर्न सक्ने व्यवस्था लागू गरिएपछि गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् ।

    खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी बोक्न प्रयोग हुने ट्यांकरहरुले आजबाट अनिवार्य रुपमा स्टिकर टाँस्नुपर्ने व्यवस्था लागू गरेको हो ।
    नागरिकलाई शुद्ध पानी उपलब्ध होस् र जनस्वास्थ्यमाथि खेलवाड नहोस भनेर मन्त्री शाहीले केहि समयअघि पानी बोक्ने ट्यांकरमाथि स्टिकर प्रणाली लागू गर्न खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका थिए ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीहरुलाई मन्त्री शाहीले पानी ट्यांकरहरुलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुने गरि कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि बोर्डले बैशाख ५ गतेदेखि स्टिकर प्रणाली लागू गरेको हो ।

    ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण हुन् नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको ,सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो ।
    अबदेखि ट्यांकरमा रहेको पानीको परीक्षण गरेर पानीको सुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिनेछ ।

    स्टिकर हेरेर पानी प्रयोग गर्न मन्त्रीको अपिल

    मन्त्री शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानी प्रयोग गर्न अपिल गरेका छन् ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमा पानीको परीक्षण गरेर त्यसको सुद्धताको आधारमानिलो ,पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गर्ने व्यवस्था अनुसार स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्तै कारवाही गर्न सक्नेछ । नयाँ व्यवस्था अनुसार अव गुणस्तर प्रमाणित नभई कुनैपनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् ।

    कस्ता कस्ता स्टिकर ?
    पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तीनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेलो स्टिकर प्रदान गरिने छ । पहेलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ । यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिनसक्छ । यस्तो पानी पिउनेबाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ ।

    पानीको परीक्षण गर्दा माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ, तर फिजिकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिईन्छ । हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी खान मिल्दैन । त्यो हात मुख,धुन र शरीर सफा गर्न त्यस्तै भान्सामा प्रयोग मात्र सकिन्छ ।
    ट्यांकर संचालन अनुमति व्यवस्था लागू
    खानेपानी बोक्ने ट्यांकरहरुले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।

    अबदेखि बोर्डसँग अनुमति नलिई कुनै पनि ट्यांकर संचालन गर्न पाइने छैन । यसअघि खानेपानी व्यवस्थापन बोर्डसँग संचालन अनुमति नलिई खानेपानी बोक्ने ट्यांकरहरु संचालमा आइरहेको पाएपछि त्यसता ट्यांकरहरुलाई अनिवार्य रुपमा संचालन अनुमति लिनुपर्ने व्यवस्था गर्न मन्त्री शाहीले निर्देशन दिएका थिए ।

    मन्त्री शाहीले भने ,‘ट्यांकरले ओसार्ने पानीमा अधिकांशले न कुनै अनुमति लिएको देखिन्छ । न त पानीको गुणस्तरको परीक्षण नै हुन्छ । यसरी जथाभावी गर्न दिने हो भने भोलि यो बिकराल समस्या निम्तने खतरा छ । अहिले ट्यांकरले कुनै खोलाबाट सिधै पानी भरेर जनतालाई वितरण गर्यो भने पनि कसैले केहि गर्दैन । यस्तो अव्यवस्थित र जथाभावी रुपमा चल्न दिनु हुँदैन ।’

    उपत्यकामा अहिले करिब ६०० ट्यांकर छन् भने दैनिक ५ करोड लिटर जति पानी बेचिरहेको तथ्यांङ्क छ । तर, यीमध्ये अधिकांश ट्यांकरले बोर्डसँग अनुमति लिएका छैनन् । यो व्यवस्था लागू भएपछि यी ट्यांकरहरुले अनिवार्य रुपमा संचालन अनुमति लिने र शुद्धता मापन गरेर स्टिकर टाँसेर मात्र पानी वितरण गर्न पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij