प्रकाशित मिति : बिहिबार, बैशाख ७, २०७४
कमल खड्का, रसुवा । २०७२ साल बैसाख १२ गते गएको भुकम्प पछि आएको सुख्खा पहिरोले ध्वस्त बनाएको ऐतिहासिक रसुवागढीको पुर्ननिमार्णको काम तिब्र गतिमा भई रहेको छ ।
सरकारको ऐतिहासिक संरचना पुर्ननिमार्णको काम अगाडि बढाउन निर्देशन दिए पछी पुरातत्व बिभागले ऐतिहासिक रसुवागढीको पुर्ननिमार्णको काम अगाडि बढाएको हो ।
नेपालको १० वटा ऐतिहासिक गढी भित्र रहेको यो ऐतिहासिक रसुवागढी संरक्षण नहुँदा अस्तित्व नै खतरामा परेकोले योे गढीको संरचना पुरानो संरचना अनुसार बनाउन लागिएको बिभागको भनाई छ ।
नेपाल र चीनको सिमानामा रहेको यो गढी बिगतमा ठूला ठूला चट्टान कुँदेर बनाइएको गढीमा निशाना लगाउनका लागि स – सना ४७ वटा प्वालहरु सबै ध्वस्त छन , भने ६० फिट लम्बाइ ६ फिट अग्लो पर्खाल रहेको यो गढीको सेन्ट्रि पयन्टहरु पनि ध्वस्त छन ।
विसं १९१२ मा तत्कालीन राजा रणबहादुर शाहको नायबीमा बहादुर शाहले शासन गर्दा नेपाल–तिब्बत युद्ध हुँदा रसुवागढी निर्माण गरिएको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो गढीमा अध्ययन अबलोकनका लागि आउने हजारौं पर्यटक्हरुले अबलोकन समेत गर्ने गरेका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij