प्रकाशित मिति : बिहिबार, बैशाख ७, २०७४
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला आज खोलिएको छ ।
सप्तरी शाखाका असन्तुष्ट सदस्यको माग सम्बोधन भएपछि ताला खोलिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिए ।
वैशाख २० गते अधिवेशन गर्ने, अघिल्लो अधिवेशनमा सहभागी भएका सबैको नवीकरण गर्ने सहमति भएपछि ताला खुलाइएको उहाँले बताए।
यसैगरी प्रकाश खतिवडाको अध्यक्षतामा बनेको कार्यसमितिले नयाँ सदस्यका लागि पुनःआह्वान गर्ने सदस्य दिलाउने सहमतिसमेत भएको मगरले जानकारी गराए ।
शाखाका असन्तुष्ट सदस्यले पुराना सदस्यको नवीकरण गर्नुपर्ने, नयाँ सदस्य खुलाउनुपर्ने जस्ता माग राख्दै चैत ३० गते ताला लगाएका थिए । पछिल्लोपटक महासङ्घका सदस्यका विषयलाई लिएर तालाबन्दी गर्ने प्रचलन बढेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij