बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मारुतीले ठक्कर दिँदा तीनजना गम्भीर घाइते

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  •  महोत्तरी । महोत्तरीको मटिहानीमा बिहीबार साँझ मारुतीले ठक्कर दिँदा दुई महिलासहित तीनजना गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा मटिहानी–४ का ३२ वर्षीया हसिना खातुन, धीरापुर–६ बस्ने २० वर्षीय बबलु साह र धनुषा जिल्लाको तुल्सियाही जब्दीकी ४० वर्षीया खैरुना खातुन रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

    मटिहानीबाट जलेश्वर आउँदै गरेको बिएसआर १ बिएल ०४७६ नंको भारतीय मारुतीले मटिहानी–४ स्थित सडकमा भारतबाट कपडा किनेर आउँदै गरेका तीनैजनालाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

    घाइतेमध्ये महिला दुवैको पेटमाथिबाट चक्का चलेको र तीनै जनाको शरीरको अन्य भाग पनि किचिएकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते दुवै महिलालाई गएराति अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ भने युवक साहको उपचार भारतको मधवापुरस्थित एसएसबी क्याम्पमा भइरहेको छ ।

    ठक्कर दिने मारुती र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, महोत्तरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij