प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४
जनकपुरधाम । जनकपुर क्षेत्रका तीन सडकखण्ड जीर्ण भएकाले वर्षायाममा सार्वजनिक भाडाका बस सञ्चालन गर्न नसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जीर्ण सडकका कारण हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै वर्षायाममा जनकपुर –भिट्ठामोर–मटिहानी, जनकपुर–जटही र जनकपुर–तिनकौरिया–सघारा सडकखण्डमा सार्वजनिक बस सेवा बन्द गर्ने जनाएको छ ।
वर्षायामको जोखिमलाई ध्यानमा राखी उक्त सडकखण्डमा बस सञ्चालन गर्न नसकिने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्ले छ । सङ्घका अध्यक्ष मनोजकुमार चौधरीले वर्षाले सडक हिलाम्य भई बस सञ्चालनमा समस्या हुने गरेकाले वैकल्पिक मार्ग निर्माणतर्फ ध्यान जानु जरुरी भएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij