बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पैदलयात्रुका लागि के गर्दैछ ट्राफिक ?: हर्न निषेधपछि यात्रुमा केन्द्रित

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४



  • महानगरीय ट्राफिक प्रहरी कार्यालयले पैदलयात्रीका लागि १५ वैशाखदेखि जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयमा सरोकारवालासँग शुक्रबार अन्तक्र्रिया गर्दै यस्तो निर्णय गरेको हो । पैदलयात्रीका लागि जेब्रा क्रसिङ तथा आकाशेपुल प्रयोग र सडकमा हिँड्नेलगायतका विषयमा आममानिसलाई जनचेतना दिई सचेत बनाउन कार्यक्रम गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताए । नियम लागू गर्नुअगावै व्यापक रूपमा जनचेतना दिई सबैलाई सचेत गराएर ट्राफिक प्रहरीको अभियान सफल बनाउन यस्ता कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    के–के सिकाइँदै छ ?
    १५ वैशाखदेखि बिहान ९ देखि ११ बजेसम्म २ घन्टा र अपराह्न ४ देखि ६ बजेसम्म गरी दुई घन्टा सडक तथा फुटपाथमा हिँड्ने पैदलयात्री र सडक जथाभावी पार गर्दा हुने असरबारे जनचेतना दिइनेछ । सुरुमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको सहभागितामा जनचेता अभियान सञ्चालन गर्ने निर्णय गरिएको डिआइजी मिङमार लामाले बताए । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउन सफलता पाएपछि पैदलयात्रीका लागि नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ ।

    पैदलयात्रीका लागि लागू गर्न लागिएको नियम सफल भएपछि उपत्यकामा दुर्घटना कम हुने विश्वास लिइएको डिआइजी लामाले बताए । अभियानलाई सफल बनाउन १५ वैशाखदेखि नै जनचेतनामूलक कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    बैठकमा महानगरीय ट्राफिक प्रहरीका अधिकृतहरू तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो । महानगरी ट्राफिक प्रहरी कार्यालयले वैशाखको अन्तिमदेखि पैदलयात्रीका लागि पनि ट्राफिक नियम लागू गर्न तयारी गरेको छ । उपत्यका ट्राफिक नियम लागू भएपछि पैदलयात्रुले पनि तोकिएको ठाउँबाट मात्र हिँड्न पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij