प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४
सिरहा । सिरहाको भगबापुर गाउपालिका–५ इनवामा चट्याङ लागेर एक महिलाका मृत्यु भएको छ ।
मृत्यु हुनेमा भगबापुर गाउपालिका–५ इनवाकि ६० वर्षिय नानिबति ठाकुर को मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घर अगाडीको वारीमा डुलिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएकी नानिबतिको लहानमा उपचार गराउन लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij