बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

गोरुले हान्दा बालिकाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४



  • बैतडी । गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

    घर नजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमै मृत्यु भएको हो ।

    मृतक बालिका स्थानीय केदार प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij