बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी : पानी सीधै पिउन मिल्छ ?

  • प्रकाशित मिति : बुधबार, बैशाख १३, २०७४



  • काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

    खानेपानी ट्यांकी राख्न १० लाख खर्च
    खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ । उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ । ‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भने ।

    केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भने ।

    यसअघि सयभन्दा बढी स्थानमा ट्यांकी राखिए
    केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांक पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ । उपभोक्ता समितिकै तजबिजमा उक्त क्षेत्रमा खानेपानीको उपभोग हुँदै आएको छ ।

    खानेपानी उत्पादन वृद्धि गर्न मन्त्रीको निर्देशन
    खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुक्खायामलाई लक्षित गरेर खानेपानीको उत्पादन बढाउन केयुकेएललाई निर्देशन दिएका छन् । यस्तै, बेल तथा ट्युबबेलको आवधिक मर्मत गर्नसमेत भनिएको छ । खानेपानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भए पनि नागरिकलाई सहुलियत रूपमा खानेपानी उपलब्ध गराउन मन्त्री शाहीको निर्देशनमा भनिएको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij