बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

  • प्रकाशित मिति : बुधबार, बैशाख १३, २०७४



  • म्याग्दी । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।

    बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् ।

    प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीको म्याग्दी नदी किनारमा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएको सिंगा तातोपानीकुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए ।

    यो तातोपानीकुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जनविश्वास छ । त्यही विश्वासका कारण वार्षिक २० हजारको हाराहारीमा त्यस्ता बिरामी डुबेर स्नान गर्न यहाँ आउने गर्छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताए ।

    त्यसैगरी मुदीको बगर, दरवाङको भालेबास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् ।

    म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन ।

    म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सक्ने हो भने वर्षेनी ठूलो सङ्ख्यामा पर्यटक यहाँ आउने सम्भावना रहेको नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij