बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

छन्त्याल जातिले नै बिर्से आफ्नो भाषा

  • प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०७४



  • म्याग्दी । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो छन्त्याल भाषा भुल्दै जान थालेका छन् ।

    छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले भाषा बिस्तारै भुल्न थालेका छन् ।

    म्याग्दीको सदरमुकाम तथा विकट ग्रामीण बस्तीमा बसोबास गर्ने छन्त्यालले घरपरिवारमा आफ्नो भाषा प्रयोग नगरेका कारण भाषा भुल्दै गएका र बालबालिकाले समेत भाषा नजानेको बेनी सामुदायिक माविका शिक्षक हरि छन्त्यालले बताए । भाषा प्रयोगमा पछिल्लो पुस्ताले हीनताबोध गर्नुले भाषा लोप भएको छन्त्यालको भनाइ छ ।

    छन्त्याल जातिले बोल्ने भाषामा कमी आउनुको मुख्य कारण समुदायमा जातजातिको मिश्रित बसोबास, विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने भएकाले भाषा लोप भएको नेपाल छन्त्याल सङ्घ म्याग्दीका पूर्वअध्यक्ष मुकुन छन्त्यालले बताए ।

    छन्त्याल भन्छन, “घरपरिवारमा मातृभाषा नबोल्नु, साथीभाइसँगको भेटघाटमा नेपाली भाषा प्रयोग गर्नुले छन्त्यालले भाषा भुल्दै गएको हो ।” यसरी भाषा प्रयोगमा कमी आउँदै जाने र भाषा बिर्सिंदै जाने हो भने पहिचान दिन गाह्रो हुने अघिल्ला पुस्ताका छन्त्यालको ठम्याइ छ । बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा भाषा संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij