प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
काठमाडौं। नविनतम् प्रविधियुक्त अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय आँखा स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उदेश्यले दृष्टि आइ केयर सिस्टमको स्थापना भएको छ । नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्यमै क्रियाशिल व्यक्तिहरुबाट सञ्चालित यो आइ केयर सिस्टम राजधानीको कलंकीमा पनि स्थापना भएको हो ।
दृष्टि आइ केयर सिस्टमले २०७० असोज २८ गते झापाको विर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरि सेवा आरम्भ गरेको थियो । सेवा विस्तारको क्रममा वीरगञ्जमा वीरगन्ज दृष्टि आँखा केन्द्र र कलंकीमा दृष्टि आई केयर सेन्टर सुचारु गरेको छ । त्यसैगरी दृष्टि आइ केयर सिस्टमले विर्तामोड, बाराको कलैया, काठमाडौको जमल र चावहिलमा समेत आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।
दृष्टि आइ केयर सिस्टमले सबैको लागि दृष्टि सधैको लागि दृष्टि भन्ने मूल मर्मका साथ आफ्नो सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । आँखा परिक्षण र उपचारमा सवैको सहज पहुँचका लागि शुल्क सर्वसुलभ बनाएको वताइउको छ । अति विपन्न र रकम कै कारण उपचारबाट बन्चित भएकालाई निशुल्क उपचारको प्रबन्ध गरेको छ । रोग लाग्नु भन्दा रोग लाग्नबाट बचाउनु महत्वपूर्ण भएकाले आँखा जचाँउ स्कुल जाउ भन्ने अभियान आरम्भ गरेको जनाइउको छ । यो अभियान अन्तरगत दृष्टि आइ केयर सिस्टमका सवै अस्पताल र केन्द्रहरुमा आरम्भदेखि नै पाँच बर्ष मूनिका सबै बालबालिकाहरुलाई निशुल्क आँखा परिक्षणको व्यवस्था गरिएको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij