बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

दाङमा एक महिलाको जलेर मृत्यु

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • दाङ । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ ।

    तुलसीपुर दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए । ।

    प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर मृत्यु भएको हो ।

    आज बिहान १० बजेतिर खाना पकाउँदै गर्दा ग्यास सिलिन्डर चुहावट भएकाले त्यसैबाट घरमा आगो लागेको स्थानीय विवेक वलीले जानकारी दिनुभयो । वलीका अनुसार ग्यासमा आगो सल्किएपछि घरभित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । आगोले घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij