प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४
दीपक श्रेष्ठ , काठमाडौं । २१ सौ सताब्दी सम्म आइपुग्दा पनि अझैसम्म मानिसमा चेतना को कमि किन होला ? हरेक बर्ष हरेक महिना अन्तर जातिय बिबाह को गरेक जोडिहरु घर परिवारले नस्विकारेको कारण आत्महत्या गरेको समाचार सुन्दै र पद्ढै आइरहदा पनि किन यस्ता प्रेम बिबाह गरेका जोडिहरुलाई अलग बनाएर आत्महत्या गर्नबाध्य बनाउन पछि परेका छन ?
देशमा जातिय भेद भाव र छुवाछुत बिरुद्द कानुन भए पनि अहिले सम्म त्यस्ता आत्महत्या गर्न बाध्य बनाउने परिवार माथी कारवाहि भने हुन सकेको छैन ।
यस्तो किन हो? मानिस मानिसमा किन यस्तो भेदभाव हो ?
मानिसले बनाएको जात लाई लिएर ठूलो जात र सानो जात भन्ने जस्तो सानो सोचका कारण यसरी भबिष्यको सुन्दर सपना देख्ने प्रेमी प्रेमिकाको जोडिले मृत्यु गर्न बाध्य भएका छन ।
आखिरमा अन्तरजातिय बिबाह गर्नेहरु पनि त यहि धर्तिका यहि समाजमा जन्मिएका तपाईं हामी जस्तै मानिस नै हुन भन्ने कुरा किन बुझ्दैनन ?
अनि उनिहरुले अन्तरजातिय बिबाह गर्यो भन्दैमा यो धर्तिमा रहेर आफुहरुले देखेको सुन्दर सपना साकार पार्ने अधिकार कुण्ठित पार्न तर्फ किन यो समाज लागि परेको छ ?
२१औ सताब्दीमा आएर पनि किन यस्तो सानो सोच लिएर बसेका छन मानिसहरु ?
कहिले मुक्त हुने हो जातिय भेद भाव र छुवाछुत को तुच्छ सोचाइबाट यो समाज ?
कहिले बन्द हुने हो अन्तरजातिय बिबाह गर्ने जोडिले परिवारको हस्ताक्षप को कारण गर्ने आत्मह्त्याको श्रृङखला ?
यस्तै समस्यामा परेका छन नुवाकोट बटटार निवासी रिमेश मग्रान्ती र देबि घाट निवासी सृजना रिमालको जोडि यी जोडिले केही हप्ता अघि भागेर प्रेम बिबाह गरेका थिए ।
बिबाह गरेर सृजना आफ्ना श्रीमान रिमेश सङ्ग झण्डै २०/२२ दिन मात्र साथ बस्न पाए, कारण थियो सृजनाको परिवारले आफ्नो छोरी सानो जात सङ्ग बिबाह गरेको स्विकार्य भएन र प्रहरीको सहायता लिएर ती जोडिलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उपस्थित गराएर र आफ्नी छोरी २० बर्ष नपुगेको भन्ने मन गढन्ते कुरा बनाइ प्रहरीको सहायतामा आफ्नी छोरीलाई जबर्जस्ती खोसेर लगेको पिडित रिमेश मग्रातीले जलजला खबरलाइ बताएका छन ।
पिडित रिमेश मग्रातिका अनुसार आफ्नी श्रीमती सृजना रिमाल २० बर्ष नपुगेको भन्ने कुनै ठोस आधार बिनानै प्रहरीले सृजनाको आमा बुवाको कुरालाइ सदर गरेर आफ्नी श्रीमतीलाई आफूबाट खोसेर माइति पक्छ्यलाई जिम्मालगएको गुनासो जलजलालाई पोखेका छन ।
आफ्नी श्रीमती सृजनाको ज्यान तल माथी भएको खण्ड्मा बिना आधार आफ्नी श्रीमतीलाई माइति पक्छ्यलाई जिम्मा लगाउने प्रहरी र माइति पक्छ्यको बिरुद्द कानुनी उपचार खोज्नमा कुनै कसर न छोड्ने रिमेशका परिवारले बताएका छन
।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij