प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
काठमाडौं, २१ वैशाख । छोरा हृदयेन्द्रको व्रतबन्ध पार्टीमा चैत २४ गते होटल सोल्टी श्रीमती हिमानी शाहसँग सँगै देखिएका पूर्वयुवराज पारस शाह केही समय सार्वजनिक समारोह या कार्यक्रममा देखिएनन् । तर, बुधबार एक्कासि पूर्वयुवराज पारस ललितपुरको रमणीयस्थल लाँकुरीभञ्ज्याङमा चर्चित गायक तथा संगीतकारहरूसँग देखापरे ।
राष्ट्रिय सरोकार मञ्चले नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरेको पिकनिकमा गायक तथा संगीतकार सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, जेम्स प्रधानसँग पूर्वयुवराज पारसले दिउँसो केही समय रमाइलो गरे । सो पिकनिकमा राजवादी समूहका युवा, वरिष्ठ लेखक, विभिन्न सैनिक अधिकृतहरूको उपस्थिति थियो । उनीहरूसँग पारसले देशको अवस्था र परिस्थितिबारे कुराकानी गरेका थिए ।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij