प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
दाङ। बैसाख २१, प्यारालाइसिस पिडित नेपाली द्धारा सहयोगको याचना, दलित संघ क्षेत्र नं ३ द्धारा १६हजार ५सय सहयोग ।
घोराही उपमहानगरपालिका वडा नं १३ दुर्गा भवानि टोल निवासी प्यारालाइसिस रोग बाट पिडित ४० बर्षीय सीता कुमारी नेपालीले आफ्नो उपचारको लागि सहयोगको याचना गर्नुभएको छ । हाल सीता कुमारी नेपालीको लखनउमा उपचार भइरहेको छ ।
घोराही उपमहानगरपालिका वडा नं १३ दुर्गा भवानि टोल निबासी सिता कुमारी नेपालीको थप उपचारका लागि पाँच लाख रुपैयाँ लाग्ने र घरको अर्थीक अवस्था अत्यन्त नाजुक भएको भन्दै परिवारले उपचारका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ । दुर्गा भवानि टोल बिकास संस्थाको अगुवाइमा हाल नेपालीलाई सहयोग उठाउने काम भइरहेको संस्थाको अध्यक्ष रञ्जिता नेपालीले बताउनुभयो ।
८जना को परिवार सहित ज्याला मजदुरी गरि जीवन निर्वाह गर्देआउनुभएको नेपाली को उपचारका लागि नेपाल दलित संघ क्षेत्र नं ३ ले १६हजार ५सय रुपैयाँ सहयोग गरेको छ । समितिले उक्त रकम टोल बिकास संस्थाको अध्यक्ष रञ्जिता नेपालीलाई आज एक कार्यक्रमको आयोजनागरी रकम हस्तान्तरण गरेको हो ।
जसअनुसार दलित नेताहरु केशव नेपाली ले ५हजार ५सय ५५, शरद बि.क. “समिप ”ले २हजार पाँचसय, प्रकाश नेपाली २हजार,बाबुराम बि.क.ले एकहजार पाँचसय,पदम नेपालीले दुईहजार ,लोका बि.क.ले पाँचसय,रामुकुमालले एकहजार,गोपाल नेपालीले एक हजार लाल बहादुर चौधरीले पाँचसय गरी जम्मा रकम १६हजार ५सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।
यसैविच दुर्गा भवानी टोल बिकास संस्थाले नेपालीको उपचारका लागि सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।
टोल बिकास संस्थाका अध्यक्ष रञ्जिता नेपाली ले सहयोगका लागि ९८०९८१७४१९मा संपर्क गर्न अनुरोध गर्नुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij