प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
काठमाडौं । आम यात्रुलाई घरबाटै टिकट काट्न सहज होस् भन्ने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी संघले अनलाईन टिकटिङको व्यवस्था सुरू गरेको छ । 
पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढीरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिन अनलाईन टिकटिङको सुरूवात गरिएको जनाइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडीको टिकट मोबाईल एप्लीकेशन तथा अनलाईनबाट काट्न सकिनेछ । हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाईन टिकट काट्न सकिने जनाइएको छ । योसँगै यात्रुले इसेवा मार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सक्ने छन् । यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी संघको मोबाईल एप्लीकेशन ‘पीएनवीवीएस’ तथा अन्य वेवसाइड लगअन गरेर टिकट काट्न सकिने व्यवस्था गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij