बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

एक वर्ष अघि कोरिया आएका नेपाली युवकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४



  • इपिएस मार्फत रोजगारीका लागि कोरियामा आएका एक नेपालीको अकस्मात ह्दयघातका कारण  निधन भएको छ। मोरङ विराटनगरका सत्ताइस वर्षीय उमेशचन्द्र पौडेलको आज बिहान निधन भएको हो।

    कोरियाको गजेदोकोस्थित डेउ डिएसएमइमा कार्यरत पौडेलले आज बिहान तीन बजे आफूलाई स्वास फेर्न गाह्रो भयो भनेपछि साथीभाईले एम्बुलेन्स बोलाएका थिए। एम्बुलेन्स मार्फत अस्पतालमा पुर्‍याइएको एक घण्टामै चिकित्सकले पौडेललाई मृत घोषणा गरेको उनका सहकर्मी दिनेश पौडेलले सेतोपाटीलाई जानकारी दिए।

    एक वर्षअघि मात्र रोजगारीका लागि कोरिया पुगेका पौडेलको विराटनगरमा श्रीमती र एक छोरी छन्। मृतक पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । डिएसएमइ कम्पनीमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत रहेका छन् ।

    यसैबीच राजधानी सोलस्थित नेपाली दूतावासले पनि घटनाका बारेमा खबर आएको बताएको छ। सोमबार घटनास्थल जाने तयारी भएको कार्यबाहक राजदूत किरण शाक्यले बताए ।

    कोरियामा पछिल्लो समय सुतेको अवश्थामा मृत्यु हुने क्रम बढेको छ । यद्यपी नेपाल सरकार, नेपालस्थित इपिएस साखा र नेपाली दूतावासले न्यूनिकरण, अध्ययन गरेर मृत्युको वास्तविक कारण बाहिर ल्याउन खासै चासो देखाएको छैन्।

    रेमिट्यान्स रमाउने नेपाल सरकार र त्यसका मातहतका निकायले चासो नदिदाँ कोरियामा कार्यरत नेपाली चिन्तित छन्। झण्डै दुई महिनाको अवधिमा सुतेको अवस्थामै चार जनाको ज्यान गइसकेको छ भने सन् २००८ यता १ सय १ भन्दा बढी नेपालीले विभिन्न कारणले ज्यान गुमाइसकेका छन ।

    कोरियास्थित नेपाली दूतावासले यसअघि कोरियाको थेजनमा तनाब व्यावस्थापन र स्वास्थ्यका बारेमा चेतना दिने उद्धेश्यले कार्यक्रम समेत गरेको थियो।

    कार्यक्रममा पटक पटक अस्पतालमा गएर स्वास्थ्य चेकजाँज, प्रर्याप्त मात्रामा निद्रा, पानी पिउने, मध्यपान धुम्रपान नगर्ने, नियमित व्यायाम गर्नुपर्ने र स्वास्थ्यका बारेमा व्याक्ति स्वंय सचेत हुनुपर्ने लगायत विभिन्न सचेतना मुलक सन्देश दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij