बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चट्याङ लागेर पाँचजना घाइते

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • पाँचथर । यहाँका दुई छुट्टाछुट्टै स्थानमा शनिबार राति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् ।

    जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागि नजिकैको बस्तीका चारजना घाइते भएका छन् ।

    जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

    झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    चट्याङको झड्काले धनमायाको तीनवटा सुँगुरका पाठासमेत मरेका छन् ।

    सोही समयमा घाइते हुनेमा आफ्नै घरमा बसिरहेका २७ वर्षीय भद्र दुलाल, २५ वर्षीय प्रदीप राई, ३३ वर्षीया जमुना राई र उनका छोरा छ वर्षीय केरवीर राई रहेका छन् ।

    उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । चट्याङको झट्का लागी भद्र दुलालको एउटा भैँसी मरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij