प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४
निलम ओली , बाँके । बाँकेमा विधुतिय तार सट हुँदा आगलागी भएको छ । बाँके खजुरा गाँउपालिका ८ रनियापुर वस्ने ५५ बर्षिय छवन खाँको घरमा जडान गरिएको विधुतिय तार सट हुँदा आगलागी भएको हो ।
आगलागी हुँदा खरले छाएको घर -१ , टिनको छाना भएको घर -१ गरि (जम्मा २ वटा घर) जलि नष्ट भएको छ । घर भित्र रहेको अन्नपात , लत्ता कपडा र घर सहित अं. ७/८ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
अन्य मानविय क्षति नभएको र आगो प्रहरी र स्थानिय वासिको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij