बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

फेसबुकमा स्टाटस राखेपछि आयोगले स्पष्टीकरण सोध्यो

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०७४



  • आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ । नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा छ ।

    त्यसैगरी, निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्ष उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र पेस गर्न भन्दै स्पष्टीकरण सोधेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘२५ वैशाखमा तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्हसहितको टि–सर्ट निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ विपरीत मोटरसाइकल र्यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेकाले हदैसम्मको कारबाही किन नगर्ने ? पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न आदेशनुसार अनुरोध छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij