प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
खोटाङ, असार ८ – खोटाङमा गरिब घरपरिवारको सूचीबाट ‘धनी र हुनेखाने’ को नाम हटाउन अभियान थालिएको छ । आर्थिक वर्ष २०६९/०७० मा संकलन गरिएको गरिब घरपरिवारको तथ्यांकमा समावेस भएका ‘धनी र हुनेखाने’ को नाम हटाउन अभियान सुरु गरिएको हो ।
जिल्लाको एक नगरपालिका र ७२ गाविसमा असार १ गतेदेखि सार्वजनिक सूचना टाँस गरेर उजुरी आह्वान गरिएको गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सुचना प्रविधि अधिकृत प्रविण पोखरेलले बताउनुभयो । गरिब घर परिवारको सूचीमा पर्नबाट छुटेका परिवारलाई समेट्न र नपर्नुपर्ने परिवारलाई हटाउनकालागि पुनरावलोकन र छानबिनको काम अन्तिम चरणमा पुगेको छ ।
गरिब घर परिवारमा शिक्षक, गाविस सचिव, कर्मचारी र हुनेखान धनी परिवार समेत समावेस भएको पाइएकाले उनीहरुको नाम सूचीबाट हटाउने काम भइरहेको समितिले जनाएको छ ।
गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिले जिल्लाका राजनीतिक दललाई जिल्लामा अहिलेसम्म ८ हजार ६६४ गरिब घर परिवारको पहिचान भएको जानकारी दिएको छ । यस्तै ५ हजार ३४ परिवारको भने तथ्यांक अधुरो रहेकाले फेरि सच्याउनुपर्ने देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij