प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३
काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा व्यापक उतारचढाव जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीव्र वृद्धि भएको सुनको मूल्य शुक्रबार (कात्तिक २०) भने भारी अंकले ओरालो लागेको छ।
बिहीबार एकैदिन १३ हजार ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो।
यस साताको सुरुवातदेखि नै सुनको मूल्यमा ठूलो हेरफेर देखिँदै आएको छ। साताको पहिलो दिन आइतबार ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको सुनको मूल्य त्यसपछिका दिनहरूमा लगातार बढेको थियो। सोमबार २ हजार ३०० रुपैयाँ बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ र बुधबार ६०० रुपैयाँ बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको थियो।
साताका अन्य दिनहरूमा आइतबार १७५ रुपैयाँ घटेर ३ हजार ६५० रुपैयाँ, सोमबार ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ, मंगलबार ४५ रुपैयाँ घटेर ३ हजार ६७५ रुपैयाँ र बुधबार २० रुपैयाँ घटेर ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij