प्रकाशित मिति : शुक्रबार, साउन ७, २०७३
कास्की, साउन ७ – कास्कीको भदौरेतामागी–५ ठुलाखेतोको खहरे खोलामा रहेको पुलको पिल्लर बाढीले बगाएको छ ।
शुक्रबार बिहानदेखि परेको वर्षाका कारण खोलमा पानीको सतह बढ्दा पुलको बिचमा रहेको एउटा पिल्लर बगाएको हो । अर्को पिल्लर पनि बग्ने अवस्थामा रहेको पुल निर्माण समितिका अध्यक्ष विष्णु दाहालले बताउनुभयो ।
ढलान गरी बनाएको पिल्लर खोलाले भाँचेर आधा बगाएको छ भने जाली लगाएर बनाएको पिल्लर पनि ढल्केपछि पुल जोखिममा परेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij