प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
काठमाडौं,१३ साउन— युनेस्कोले काठमाडौं उपत्यकाभित्रका साँस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ ।
भूकम्पका कारण क्षति पुगेका सम्पदाको पूननिर्माणमा सरकारले ढिलाई गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को ४० औं अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ ।
एक वर्षभित्र नेपालले सम्पदा पुननिर्माणमा चित्तबुझ्दो कार्य प्रगतिगर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदाबाट हट्ने खतराको सुचीमा पर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij