प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
काठमाडौं,१३ साउन— भूकम्पपीडितलाई सहयोग गर्ने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको भन्दै सरकारले अतिरिक्त सहयोग मागेकाले यस्तो रकममा कर छुट हुनुपर्ने दाबी करदाताले गरेका छन् ।
तर, तत्काल कार्यान्वयनमा रहेको आयकर ऐनले छुट नदिएको कारण तिर्नै पर्ने तर्क सरकारी अधिकारीले गरेपछि विवाद देखिएको हो ।
गत वर्षको विनाशकारी भूकम्पका कारण उत्पन्न मानविय संकट टार्न भन्दै सरकारले निजी क्षेत्रका संघ, संस्था, निकाय र कम्पनीहरुसंग मागेको चन्दा र अनुदान रकममा आयकर तिर्न दबाब दिएपछि विवाद बढेको छ ।
तत्काल कार्यान्वयनमा रहेको आयकर ऐनको व्यवस्थाअनुसार १ लाख रुपैयाँभन्दा बढी दान वा उपहारदिनेले अनिवार्य रुपमा कर तिर्नुपर्ने व्यवस्थालाई टेकेर सरकारले कर असुल्ने प्रत्यन थालेपछि विवाद भएको हो । आजको राजधानीमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij