शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्यूठानमा बाढी पहिरोबाट ३८ को मृत्यु, अझै ६ जना बेपत्ता,खोजी कार्य जारी

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  •  pahiro-pyuthan

    प्यूठान १३ साउन,

    आईतबार राती परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका ६ गाविसमा गरी ३८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ । जिल्लाको दुर्गम गाविस फोप्लीमा सवैभन्दा धेरै २४ जनाको बाढी पहिरोवाट मृत्यु भएको छ । त्यस्तै अर्खामा ३, माझकोट ३, खवाङ–३, पूँजा २ र लुङमा १ जनाको मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकरात पन्तले जानकारी दिए । पहिरोले पुरिएर बुधवार राति फोप्ली–६ का स्थानीय एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । तर फोप्लीमा पहिरोमा परि मृत्यु हुने सबैको यो खबर तयार पार्दा सम्म पोष्टमार्टव हुन नसकेको भन्दै आफन्तले गुनासो गरेका छन् । गाउँका झण्डै २ सय घरपरिवार विस्थापित भएको फोप्ली गाविस सामाजिक परिचालक यूवराज भण्डारीले जानकारी दिए । पहिरोबाट विस्थापित गाउँलेहरु स्थानीय गाउँकै नेरा प्राविको प्र्रांङगणमा आश्रय लिएर बसेको उनले जानकारी गराए । त्यस्तै, पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना अझैसम्म फेलापर्न सकेका छैनन् । फोप्लीमा २ जना, लुङमा ३ जना र खवाङमा १ जना बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौँरले जानकारी दिए । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरी प्रमुख राठौँरले बताए । मृतकको नाम यसप्रकार छन् क्र.सं. नाम गाविस÷वार्ड नं. उमेर १ नन्दी पुन मगर फोप्ली–३ ७२ २ दोवन्ती पुनमगर फोप्ली–३ ९ ३. टुककली पुनमगर फोप्ली–३ ७ ४. रछानी पुमगर फोप्ली–३ १७ ५. तेजे पुन फोप्ली–३ ४५ ६. खस्सी पुन फोप्ली–३ ४५ ७. मने पुन फोप्ली–३ ५० ८. शेरे पुन फोप्ली–३ ७ ९. कुमारी पुन फोप्ली–३ १९ १० चेतीना पुन फोप्ली–३ ३६ ११. प्रकृति पुन फोप्ली–५ ४ १२. सागर पुन फोप्ली–५ १ १३. रामे घर्ति फोप्ली–४ ५ १४. नोखी बैजालीमगर फोप्ली–४ १ १५. भुपे पुन फोप्ली–३ ५० १६. धने पुन फोप्ली–३ १६ १७. लिला पुन फोप्ली–३ १६ १८. हरी बहादुर के.सी. फोप्ली–३ ६५ १९. विन्दु के.सी. फोप्ली–६ ५० २०. नारायण के.सी. फोप्ली–६ ५० २१. दोर्णबहादुर केसी फोप्ली–६ ७५ २२. पवित्रा केसी फोप्ली–६ ७० २३. जागेश्वर बुढाथोकी फोप्ली–६ ६० २४. पिमा बुढाथोकी फोप्ली–६ ५५ २५. देवबहादुर बुढा अर्खा–६ ५२ २६. हिमाल बुढा अर्खा–६ ११ २७. जबुना बुढा अर्खा–६ १३ २८. जाली पुन माझकोट–६ ४१ २९. दिलमाया केसी खवाङ–७ – २५ ३०. दविले सुनार खवाङ–३ ८० ३१. डिके सुनार खवाङ–३ १६ ३२. सुपारी मल्ल पुँजा–१ – २३ ३३. मुकेश मल्ल पुँजा–१ – ३४ ३४. शिवबहादुर सुनार लुङ–६ – ३२ ३५. पहिचान नखुलेको पुरुष (माझकोट) – ३६. पहिचान नखुलेको महिला (माझकोट) – बेपत्ताको नाम यसप्रकार छ क्र.सं नामथर ठेगाना उमेर १. केमली पुन फोप्ली–३ ३५ २. थमी पुन फोप्ली–३ ७ ३. शोभा रिजाल लुङ–३ ३५ ४. काली परियार लुङ–३ २५ ५. किरण थापा लुङ–३ ११ ६. कुटुरी सुनार खवाङ–३ ८० यता पूर्व गृहमन्त्री एवं प्यूठान क्षेत्र नम्वर १ का सांसद् बामदेव गौतमको अध्यक्षतामा १४ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ । ‘समिति मार्फत प्रधानमन्त्रीलाई भेट गरी यथाशक्य सहयोगका लागि ज्ञापन पत्र बुझाएका छौँ’,टोलिमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य एवं बांगेमरोठ प्यूठान निवासी सूर्य थापाले भने,‘पीडितहरुलाई राहत, पूनःस्थापना र उद्धारमा सहयोग गर्न सवैलाई आग्रह गर्छौ ।’ सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विजुवार प्यूठान शाखामा ‘राहत, उद्दार पूनःस्थापना कोष’ स्थापना गरिएको उनले जानकारी दिए । खातामा सांसद् गौतमले ५० हजार र जिल्लाका अन्य पाँच जना सांसद्हरु हिरा बहादुर के.सी, धन बहादुर रायमाझी, रेखा शर्मा, दुर्गा पौडेल, पुनाराम थापाले २०र२० हजार रुपैयाँ सहयोग जम्मा गरिसकेको थापाले बताए । सडक अवरुद्ध भएपछि उद्धारमा समस्या ठाउँ ठाउँमा गएको पहिरोले बाग्दुला–बाहाने सडक पूर्ण रुपमा अवरुद्ध भएपछि उद्दारमा समस्या भएको छ । हप्तौदेखि सडक अवरुद्ध हुँदा झण्डै दर्जन गाविसका सर्वसाधरणहरुको जनजीवन अस्तव्यस्त भएको स्थानीय महेश थापाले जानकारी दिए । ‘गाडी नचल्दा उद्दार टोली घटनास्थलमा समयमा आउन पुग्न सकेको छैन’,उनले भने,‘टेलिफोनले समेत काम गरेको छैन् ।’फोप्ली सहित लुङ, खवाङ, माझकोट लगाएतका सर्वसाधरणको दैनिकी कष्टपूर्ण बनेको छ । सदरमुकाम खलंगाबाट ११ कोष दुरीमा पर्ने जिल्लाको विकट गाउँ फोप्लीमा पुग्न माक्रेखोलाबाट तीन घण्टा पैदला यात्रा गर्नुपर्छ । काठमाण्डौँमा सहयोग संकलन जिल्लाका बाढीपीडितहरुका लागि काठमाण्डौँमा सहयोग संकलन अभियान संचालन गरिएको छ । उद्धार, राहत र पूनःस्थापनाका लागि मंगलवार काठमाण्डौमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले राहत संकलन गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij