प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
सोलुखुम्बुमा ७ वटा स्थानीय तह कायम हुदा जनसंख्याको आधारमा मापदण्ड नपुग्ने भएको छ । जिल्लामा करिव १ लाख ५ हजार जनसंख्या मात्र रहेकोले ७ वटा स्थानीय तहमा जनसंख्या नपुग्ने भएको हो ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालको मापदन्ड अनुसार गाउँपालिकाको लागि १५ हजार र नगरपालिकाको लागि २० हजार जनसंख्या आवश्वयक पर्ने रहेको छ ।
यस्को आधारमा जनसंख्या नपुग्ने भएकाले मापदन्ड अनुसार स्थानीय तह वनाउन सम्भावना कम रहेको गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका जिल्ला स्तरीय स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समितिका संयोजक महेश पराजुलीले वताउनुभयो ।
यता सोलुखुम्बुमा ७ वटा मात्र स्थानीय तह हुने भएपछि विकेन्द्रिकरण नहुदे भन्दै स्थानीयहरु भने असन्तुष्टी रहेका छन् । जिल्ला भौगोलिक रुपमा ठुलो रहेको र विकटता तथा दुर्गमताका कारण आफ्नै गाउपालिकाको कार्यालय पुग्न समेत दुईदिनसम्म लाग्ने भन्दै अझ धेरै बनाउनु पर्ने स्थानीयहरुको माग छ ।
स्थानिय तह लागु भएपछि जिल्लाबाट दिईने सेवा गाउँपालिकाबाट नै नागरिकले पाउने भएकोले सहज हुने संयोजक पराजुलीले बताउनु भयो ।
सोलुखुम्बुमा ३० वटा गाविस र एउटा नगरपालिकालाई अव ७ वटा स्थानीय तहमा विभाजन गरि साउन मसान्त सम्ममा प्रतिवेदन तयार गरि मन्त्रालयलाई वुझाई सक्नु पर्ने संयोजक पराजुलीले बताउनु भयो ।
स्थानिय तह विभाजन गर्दा समान्ताको आधारमा न्याय, सहजता र सवैलाई भलो हुने गरि कार्य गरिने पराजुलीले प्रष्ट पार्नुभयो । साथै वहाँले यस विषयमा वुद्धिजिवी, राजनितिक दल, आम सरोकारवाला तथा नागरिकहरुले सक्दो पहल गरी सहयोग गरी विकासमा अगाडी वढ्न सवै संग आग्रह गर्नु भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij