प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
मौसम परिवर्तन संगै आँखा रातो हुने चिलाउन, आँखा घाममा हेर्न नमिल्ने र आँखा विजाउने समस्या भएका विरामीहरु बढी आउने गरेको अस्पतालले जनाएको छ । दैनिक दुइसय विरामीहरु यस अघि अस्पतालमा आउने गरेकोमा हिजो आज भने पाच सय बढी विभीन्न आँखा सम्वन्धी समस्या भएको विरामीहरु अस्पतालमा चेकजाँचका लागी आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र विशेषज्ञ डाक्टर मोनिका कर्मचार्यले जानकारी दिइन ।
बर्षा याम संगै जिल्लामा आँखा पाक्ने रोगको प्रकोप फैलीएकोले पनि आँखाका विरामीहरु अस्पतालमा धेरै आउने गरेको अस्पतालले जनाएको छ । हाल जिल्लाका अधिकाम्स मानिसमा आँखा पाक्ने रोगको संक्रमण देखिएको राप्ती आँखा अस्पलालले जनाएको छ । अस्पातलमा हाल विरामीहरुको भिड लाग्ने गरेका छ ।
अस्पतालमा आउने अधिकाम्स विरामीहरु भाइरल इन्फेक्सनका विरामीहरु रहेको डाक्टर कर्मचायले बताइन् । नेत्र विशेषज्ञ डाक्टर कर्मचायका अनुसार बर्षायमा संगै रोगको प्रकोप बढेको हो । इपोडेमीक केराटो कन्जङटिभाइटिस नामक जिवानुको संक्रमणले गर्दा आँखा रातेहुने चिलाउने र आँखा घाममा हेर्न नमेल्ने जस्ता लक्ष्णहरु देखिने गर्दछ । विस्तारै आँखामा कचेरा आउने आँसु आउने लगायतका लक्ष्णहरु पनि देखापर्ने उनको भनाई छ ।
पानी पर्ने सिजनमा सक्रिय हुने एडिनो भाइरस हावा पानी वतावरणमा लामोसमय वाच्ने कारणले गर्दा रोगको संक्रमण हुने गर्दछ । पानी पर्ने सिजनमा वातावरणमा चिल्लोपन हावामा हुने भएका कारण पनि प्रकोप फैलने डाक्टर कर्मचायले बताइन् । उनका अनुसार हाल आँखा पाक्ने रोग प्रकोपकै रुपमा फैलीएकाले प्रत्यक विरामीमा भाइलर इन्फेक्सन देखिने गरेको बताइन् ।
‘अस्पतालमा आउने ८० प्रतिसत आँखा विरामीहरुमा यस्तो समस्या देखिएको छ । यो भाइरल उपचार गरेपनि १० दिन सम्म सक्रिय हुन्छ उनले भनिन् । कम्जोर विरामीहरुमा व्याट्रिया हुने भएकाले पनि लामोसमय सम्म सक्रमण हुने गर्दछ । ‘हाल अस्पतालमा अत्याधिक यस रोगको प्रकोपले विरामीहरु आउने गर्दछन् आज पनि भिडभाड थियो, दैनिक विरामीहरु बढदै गएका छन् उनले भनिन् । ’ त्यसैगरी यो सरुवा रोग भएकाले घरमा एकजनालाई भयो भने अन्यलाई पनि सर्ने सम्भावना एकदमै बढी हुने गर्दछ ।
सरसफाईको कमीले सर्ने यस रोगबाट बच्ने उपाएहरु निम्न छन् ,
–बाहिर हिड डुल गर्दा चस्माको प्रयोग गर्ने
–सफापानीले दिनको ३÷४ पटका आँखा सफागर्ने
–रोगीले प्रयोग गरेका रुमाल, कपडाहरु प्रयोग नगर्ने
सरसफाईमा ध्यान दिने
–आँखा पाकेका विरामीहरुको नजीक आमने सामुने नजाने
–आँखामा संक्रमण हुदा साथ अस्पतालमा उपचार गराउने
–चिकित्सकको सल्लाह विना जहापायो त्यही र जस्तो पायो त्यस्तै औषधीहरु प्रयोग गर्ने
–नियमित आँखामा औषधी राख्ने
–औषधी आँखामा हाली सकेकापछि सावुन पानीले हात धुने
–बहिर हिड डुल गर्दा वा आँखामा हातले नछुने
–आँखामा हात नलाउने आँखा चिलाएमा आँखा नमिच्ने पानीले सफागर्ने
डाक्टर कर्मचार्यले उपचार गराउदा पनि केही दिन सम्म रोग सन्चो नहुने भएकाले नआतिन पनि आग्रह गरीन । उनले औषधी प्रयोग गर्न वितिकै रोग सन्चो नहुने भन्दै नियमीत औषधी प्रयोग गरे केही दिनमा आँखा सन्चो हुने भन्दै नआतिन पनि विरामीहरुलाई आग्रह गरिन ।
त्यसै गरी उनले आँखामा समस्या देखीना साथ अस्पतालमा आउन विरामीहरुलाई आग्रह गरेन् । आँखा जस्तो सम्वेदन सिल अंगको स्वास्थ्यमा लापरवाही नगर्न अस्पतालले सवै लाई आग्रह गरेको छ । ‘आँखाको समस्या देखीना साथ अस्पतालमा आउन आँखाका विरामीहरुलाई आग्रह गर्दछौ,- नेत्र विशेषज्ञ डाक्टर कर्मचार्यले भनिन् ।
धुलो तथा धुवावाट बचे आँखा चिलाउने र विजाउने रोग बाट केही हत सम्म बच्न सकीने अस्पतालले जनाएको छ । राप्ती आँखा अस्पताल लगायत अन्य अस्पतालमा पनि यस्तो प्रकोपका विरामीहरु अत्याधिक मात्रामा बढेको अस्पतालले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij