शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एमाले दाङले गठन गरेको तीन सदस्यीय समितिका तर्फबाट

  • प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३



  • जिल्ला विकास समिति दाङले स्थानीय तह पुर्नसंरचनाका लागि सुझाव मागेपछि जिल्लाका राजनीतिक दलहरु पनि सुझाव दिनका लागि अघि सरेका हुन । सोही क्रममा नेकपा एमाले पनि छलफलमा जुटेको हो ।

    सोही क्रममा नेकपा एमाले दाङले गठन गरेको तीन सदस्यीय समितिले विहीबार जिल्ला कमिटीलाई अवधारणा पत्र बुझाएको छ । नेकपा एमाले दाङका अध्यक्ष जोगवहादुर रानाको अध्यक्षता एवं पार्टीका पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य मेटमणि चौधरीको विशिष्ट अथितिमा भएको कार्यक्रममा अवधारणा पत्र बुझाइएको थियो ।

    एमाले दाङले गठन गरेको तीन सदस्यीय समितिका तर्फबाट नेकपा एमाले सामाजिक सेवा विभागका सदस्य विकीरण गौतमले अवधारणा प्रस्तुत गरेका थिए। उहाँले दाङ जिल्लामा चारवटा नगरपालिका रहेको भएपनि राप्तीको सवैभन्दा पुरानो नगरपालिकाका रुपमा घोराही नगरपालिका रहेकाले यहि नगरपालिकालाई उपमहानगरपालिकाका रुपमा विकास गर्नुपर्ने अवधारणा प्रस्तुत गरेका थिए ।

    स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा सदरमुकाम रहेको नगरपालिकामा कम्तीमा पनि ९५ हजार जनसंख्या हुनुपर्ने भएकाले छिमेकमा रहेका गाविसलाई नगरपालिकामा समेट्नै पर्ने अवस्था रहेकाले अव घोराही नगरपालिकालाई उपमहानगरपालिकाका रुपमा अघि बढाउनुपर्ने धारणा गौतमले राखेका थिए ।

    गौतमले दाङ जिल्लामा रहेका चारवटा नगरपालिका मध्य त्रिपुर नगरपालिकालार्ई आवश्यक पर्ने ७५ जनसंख्या छिमेकी गाविसबाट ल्याएर पुराउन गाह्रो रहेकाले त्रिपुर नगरपालिकालाई पनि घोराहीमा गाभेर उप महानगरपालिका बनाउन सकिने  बताए । गौतम लगायत नेकपा एमाले दाङका पूर्व अध्यक्ष लक्ष्मण आचार्य र जिल्ला कमिटी सदस्य सुरामणि बेल्वासे रहेको समितिले उपमहानगरपालिकामा त्रिपुर नगरपालिका र सौडियार, धर्ना, सैघा, लक्ष्मीपुर र रामपुरको सम्म भागलाई घोराही उपमहानगरपालिकामा राख्न सकिने बताएका थिए ।

    दाङ जिल्लामा १० वटा मात्र स्थानीय निकाय बनाउन सकिने अवधारणा स्थानीय तह पुर्नसंरचना आयोगले लिएको भएपनि दाङ जिल्लामा नगरपालिका र गाउँ पालिका गरेर नौ वटा सम्म स्थानीय निकाय बनाउन सकिने अवस्था रहेको पनि गौतम लगायतले दिनुभएको अवधारणमा उल्लेख गरिएको छ ।

    एमाले दाङले आयोजना गरेको छलफलमा राप्ती पोष्ट दैनिकका सम्पादक समेत रहनुभएका पत्रकार शरद अधिकारीले पनि एउटा उपमहानगरपालिका, अन्य दुईवटा नगरपालिका र पाँचवटा गाउँ पालिका गरेर जम्मा आठवटासम्म स्थानीय पालिका बनाउन सकिने अवधारणा राखेका थिए ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीले दाङ जिल्लालाई संघीय प्रदेशको राजधानी बनाउने हो भने घोराही नगरपालिकालाई महानगरपालिकाको अवधारणामा लग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दाङ जिल्लामा उपमहानगरपालिका बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे ।

    त्यस्तै अर्का केन्द्रीय सदस्य मेटमणि चौधरीले जिल्लाको भुगोल, जनसंख्या लगायत अन्य सेवा सुविधालाई मध्यनजर गरेर दाङ जिल्लामा एउटा उपमहानगरपालिका हुनैपर्ने जिकिर गरे । उनले देउखुरीमा बढीमा तीनवटा र दाङ जिल्लामा अन्य सात वटा स्थानीय पालिका तयार गर्ने गरेर जानुपर्ने सुझाव दिए ।

    कार्यक्रममा पत्रकार सुदर्शन रिजाल, नेकपा एमाले दाङका सदस्य प्रेमवहादुर थापा, घोराही नगरपालिकाका पूर्व उप प्रमुख दामोदर अधिकारी लगायतले दाङ जिल्लामा स्थानीय निकायको पुनःसंरचना गर्दा अपनाउनुपर्ने तरिकाका बारेमा धारणा राखेका थिए ।

    एमाले दाङले समितिले तयार पारेको अवधारणालाई अझै परिस्कृत गरेर जिल्ला विकास समिति दाङ अन्तरगत रहेको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति दाङलाई उपलव्ध गराउने योजना बनाएको नेकपा एमाले दाङका अध्यक्ष जोगवहादुर रानाले बताए । एमाले दाङ लगायत अन्य राजनीनिक दलहरु पनि यो सम्वन्धी छलफलमा जुटेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij