प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
राजनैतिक आवरणमा हुने कुनैपनि आपराधिक कृयाकलापहरुलाई नछोडिने दाङ जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताएका छन । फौजदारी प्रकृतिका तथा सरकारवादी हुने गम्भिर प्रकारका मुद्दाहरु स्थानीय स्तरमै राजनैतिक आवरणमा मिल्ने र मिलाउने काम पुर्णतया गैरकानुनि कार्य हो भन्दै सिंहले यस्तो बताए ।लैगिंक हिंसा न्युनिकरण गरी महिलााके प्रगतिमा बाधक भएका सामाजिक बाधाहरु लाई सम्बोधन गर्दे महिलाहरुको न्यायमा पहुँच तथा आर्थीक, सामाजिक एवं राजनैतिक सशक्तिकरणमा टेवा पुर्याउने उद्देस्यले गढवा गा.वि.समा गठित सौर्य पुरुष समुहको ज्ञापन पत्र बुझ्दै जिल्ला प्रहरी प्रमुख सिहले यस्तो प्रतिबद्धता जनाएका पुरुष समूहका संयोजक पटवारी यादवले जानकारी दिएका छन ।
गढवा गा.वि.सको प्रतिनिधित्व गर्दे जिल्ला प्रहरीकार्यालयमा पुगेको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दे सि.हले प्रहरीलाई नागरीक सहयोग आवस्यक रहेको बताए ।सबैजातजाति एवं भाषभाषि तथा समूदायको प्रतिनिधित्व भएको गढवा गा.विसमा लैगिंक हिंसा , घरेलु हिंसा तथा विभिन्न प्रथाहरुको नाममा महिलाहरुमाथि शोषण कायम छ ।
पुरुष समूहका संयेजक पटवारी यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय दाङ पुगेको टोलीले पाँच सुत्रिय माग सहित प्रहरीको ध्यानाकर्षण गराएको यादवले जानकारी दिए । ज्ञापनपत्रमा १. गढवा गा.वि.स वडा नं ४ मा बस्दै आउनुभएकी२७ बर्षीय शान्ति चौधरी, वडा नं २ निबासी राधा कुमाल , ६ को प्रेम कुमारी चौधरीको लैगिंक हिंसा को केष लाई अबिलम्ब रेस्पोन्स गर्नुपर्ने ।
२. गढवा गा.वि.समा अधिकाँस फौजदारी तथा जघन्य अपराधहरु समेत राजनैतिक दवावमा मिलाउने गरिएकोमा प्रहरीले निर्भिकता पुर्वक कानुन अनुसार कार्वाहि गरिनुपर्ने । ३.महिला तथा बालबालिकाका संग सम्बन्धित समस्याहरु तदारुकताका साथ सम्बोधन गरिनु पर्ने । ४. अपराध नियन्त्रणका लागि जनचेतनामूलक अभियानहरु संचालन गरिनुपर्ने ।
५.राजनैतिक दवाव लाई दुरुत्साहन गरिनुपर्ने मागहरु समेटिएको आश्था परियोजना प्रमुख बिष्णुकुमार देवकोटाले जानकारी दिए । आस्था परियोजनाको सद्भावना दूत सलिना गहतराज , पत्रकारहरु दिपक वलि, क्षितिज मल्ल,सुनिल बि.क. लगाएतको टोलिको उपस्थितिमा पुरुषसमूहका संयोजक पटवारी यादवले ज्ञावनपत्र बुझाएका हुन ।
नेपाल सरहारको लैगिक हिंसा बिरुद्धको कार्यबिधि (सन् २०१२ देखि २०१७) ले लैगिक हिंसा न्युनिकरणका लागि पुरुषहरुको संलग्नताको परिकल्पना गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij