प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
विराटनगर, साउन ८ – सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो ।
शनिबार बिहान साढे ६ बजे मापन गरिए अनुसार सप्तकोशी नदीमा पानीको बहाव दुई लाख १० हजार ३५ क्युसेक रहेको छ ।
शुक्रबार बिहान एक लाख ६३ हजार मापन गरिएको पानीको बहाव शुक्रबार रातिको वर्षापछि बढेको हो । पानीको बहाव बढेपछि कोशी ब्यारेजका २६ वटा ढोका खोलिएको छ ।
यसैबिच मोरङका धेरै स्थान जलमग्न भएका छन् । विराटनगरको मुख्य बजार जलमग्न भएको छ । त्यस्तै अमरदह, कटहरी, भाथिगछ, बरडंगा गाविसमा राति परेको वर्षाका कारण डुबान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै भोजपुरको तिवारी भञ्ज्याङमा गएको पहिरोको कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । तिवारीभञ्ज्याङ–५ मा भोजपुर–लेगुवा सडकखण्डमा पहिलो खस्दा सडक अवरुद्ध भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij