प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
रक्त क्यान्सर पीडित रेडियो मध्यपश्चिमकर्मी पत्रकार अर्जुन महराको उपचारका लागि विहिबार १० हजार ५ सय रुपैयाँ संकलन भएको छ । नेपाल पत्रकार महासंघ, दाङ शाखाको पहलमा शुरु गरिएको पत्रकार अर्जुन महरा बचाउ अभियानका क्रममा बिहिबार सो रकम जम्मा भएको हो ।महराको उपचारका लागि प्यूठान स्थायी घर भई हाल नवलपरासीमा रहनुभएका गोविन्द रिजालले ५ हजार रुपैयाँ, जोशी ढाका कलेक्सन घोराहीका राधा श्रेष्ठले २ हजार रुपैयाँ, आरसी प्रिन्टर्सका अनन्त आरसीले २ हजार रुपैयाँ, शाक्य गहना पसलका हेमराज शाक्यले १ हजार रुपैयाँ र टीका फर्निचरका विष्णु कालाथोकीले पाँच सय रुपैयाँ सहयोग गरेको महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिईन ।
आचार्यका अनुसार बुधबार मात्रै महासंघमा संकलित १ लाख ११ हजार ५ सय रुपैयाँ पीडितका बुवाको खातामा जम्मा गरिएको थियो । रक्त क्यान्सर पीडित पत्रकार महरालाई सहयोग गर्न चाहानेले पीडितका बुवा दामबहादुर महराको नाममा लक्ष्मी बैंक काठमाडौं रहेको खाता नं. ०१२२४११६४६१ जम्मा गर्न वा उहाँको फोन नंं. ९८४४९७१७८९ सम्पर्क गर्न सकिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij